काठमाडौं । कतिपय मानिसहरुलाई लाग्न सक्छ कि विवाह भनेको मात्रैं यौन सम्पर्क गर्नको लागि हो । के विवाह गरेकै दिन यौनसम्बन्ध स्थापित गर्नु सही हो ? यो प्रश्नले धेरैलाई सताएको हुनसक्छ । हुन त यो आपसी सहमतीमा भर पर्ने कुरा हो तर अरेन्ज म्यारिजमा पुरुषलाई थुप्रै पटक यो कुराले तर्साएको एक अध्यनले देखाएको छ ।

थाहा पाउनुहोस् सिनियर साइकोलोजिस्ट र म्यारिटल वेलनेस एक्सपर्टको सुझाव यस्तो रहेको छ । विशेषज्ञकाअनुसार धेरैलाई चिन्तित बनाएको हुन्छ यो प्रश्नले धेरै मानिसहरुले विवाहको प्रतिक्षा गरेपछि विवाह गर्ने जोडी नर्भस र बेचेन देखिने गर्दछन् । विवाहको पहिलो रात यौन सम्बन्ध राख्ने कि नराख्ने भन्ने प्रश्न उब्जिनु साधारण हो ।

बिस्तारै सुरु गर्नुहोस् कुराकानीः यदि तपाईं पुरुष हुनुहुन्छ र यो प्रश्नले तनावमा हुनुहुन्छ भने तपाईं केयरिङ हुनुहुन्छ भन्ने दर्साउँछ । यदि तपाईं र तपाईंकी श्रीमतीबिच आपसी सम्मान र साथीत्वको भावना छ भने तपाईं बिस्तारै बिस्तारै यो मुद्दामा कुरा गर्न सक्नुहुन्छ।

साथिको मन बुझ्नुहोस्ः जसरी पुरुषलाई यो प्रश्नले तनावमा पारेको हुन्छ, महिलालाई पनि यही प्रश्नले नर्भस तुल्याएको हुन्छ । यदि तपाईं यो मुद्दामा कुरा गर्न सुरु गर्नुहुन्छ भने हुनसक्छ तपाईंकी पार्टनरले पनि आफ्नो मनको कुरा खोल्नेछिन् ।

आफ्नो मनको कुरा भन्नुहोस्ः सेक्सजस्तो संवेदनशील मुद्दामा यदि तपाईंलाई बेचैनी वा इच्छा छ भने आफ्नो कुरालाई निर्धक्क भन्नु नै राम्रो हुन्छ । तपाईंको मनको के चलिरहेको छ, त्यसलाई दर्साउन अन्य कुनै बाटो छैन ।

यसरी गर्नुहोस् सुरुवातः यदि तपाईंलाई लाग्छ कि यो मुद्दामा कसरी कुरा गर्ने, तपाईं श्रीमतीलाई आफ्नो सुहागरात र विवाह कस्तो चाहन्छिन् भनेर सोध्न सक्नुहुन्छ ।

सेक्स नै हुनुपर्छ भन्ने छैनः विवाहको दिन सेक्स गर्नु सही हो वा होइन, यसमा यो मात्र भन्न सकिन्छ कि यसमा केही राम्रो वा नराम्रो छैन। विवाहको रात जीवनभरी याद रहने रात हो त्यसकारण यतिबेला सेक्स नै हुनुपर्छ भन्ने जरुरी छैन।

यसरी पनि बनाउन सक्नुहुन्छ अविष्मरणीयः तपाईंको विवाहको रात कस्तो हुनुपर्छ त्यो तपाईं दुईको निर्णयमा भर पर्नुपर्छ । कुनै रितिरिवाजमा दबाबमा आउनुहुँदैन । त्यसदिन सेक्स हुन पनि सक्छ र नहुन पनि । अबेर रातीसम्म कुराकानी गरेर वा एकअर्कालाई अंगालो हालेर सुत्न सक्नुहुन्छ । जुन तपाईं दुईको मर्जीले होस् कुनै रिति रिवाजमा दबाबमा होइन । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु