काठमाडौं । बलात्कारको आरोपमा जेल परेका भारतका विवादास्पद शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ । उनले आफुले गरेका यौनहिंसाका बारेमा समाचार लेखिदिएको भन्दैं बाबा गुरमित रामरहिम सिंहले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको हो । भारतमा समाचार लेखेकैं कारण ज्यान गुमाउँने पत्रकारहरुको संख्या बढ्दो क्रममा रहेको विभिन्न अध्यनहरुले देखाएको छ ।

अदालतले शुक्रबार गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ बर्षीय सिंहसँगै अरु तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ । उनीहरूले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो । सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घरबाहिर हत्या भएको थियो । सिंहलाई आजीवन काराबाससम्मको सजाय हुन सक्ने बताइएको छ । एजेन्सी

सम्बन्धित खबरहरु