काठमाडौं । सामाजिक सेवा भनेपछि अहिले सबैंभन्दा पहिलो नाम धुर्मुस सुन्तलीको आउँने गर्दछ । पछिल्लो समय नेपाली सिने क्षेत्रमा चर्चामा रहन सफल नायिका अभिनेत्री प्रियंका कार्की समाजसेवामा लागेकी छिन । उनी र उनका पती अभिनेता आयुष्मान देशराज जोशीसँग मिलेर ‘आयांक फाउण्डेशन’को औपचारिक घोषणा गरेका छन् ।

अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक सेवामा काम गर्ने उद्देश्य राख्दै उनीहरुको फाउण्डेशनको औपचारिक घोषणा गरिएको हो । प्रियंका र आयुष्मानको फाउन्डेशनका मुख्य सल्लाहाकारमा सरोज ओली छन् ।

‘आयांक फाउन्डेशन’ले किशोर किशोरीलाई व्यक्तिगत विकासका साथै यौन शिक्षा, बालविवाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असहाय, पीडित, बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामग्रीको प्रबन्ध गर्ने लगायतका काम गर्ने भएको छ ।

कार्यक्रममा अभिनेत्री कार्कीले यो एउटा सुरुवात मात्रै भएको भन्दै आफूहरु सुरुमा काभ्रे गएर प्याड वितरण गर्ने योजना भएको बताइन् । यस्तै आफूहरुले बच्चा, वृद्धाहरुका लागि पनि काम गर्ने प्रियंकाले बताइन् । प्रियंका कार्की र आयुष्मान देशराज जोशी अहिले सिनेमा, म्यूजिक भिडियो, स्टेज कार्यक्रम, विज्ञापन लगायतमा ठाउँबाट भएको कमाइको १० प्रतिशत यो जोडीले फाउण्डेशनमा राख्ने भएको छ ।

सम्बन्धित खबरहरु