काठमाडौं । मुलधारका पार्टीभन्दा फरक उदेश्य राखेर गठन भएका पार्टीहरुको नेपालमा अस्तित्व खत्तरामा पर्ने देखिएको छ । वैंकल्पिक शक्तिको रुपमा नयाँ शक्ति पार्टी, बिवेकशील साझा गठन भएका हुन । नयाँ शक्ति र बिबेशील साझा भित्र विवाद चुलिदैं गएपछि अहिले यि पार्टीहरुमा पनि टुटफुटको अवस्था देखा परेको छ ।

यो बिचमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई नेपालको असल राजनीतिका लागि एक महिने लम्बे अभियान सञ्चालन गर्ने भएको छ । अभियानमा संयोजक भट्टराई मध्यपहाडीरपुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्ने पार्टीले जनाएको छ ।

ुअसल राजनीति र समावेसी विकासका लागि जनसंवादु को नारासहित नयाँ शक्तिले पुष्पलाल लोकमार्गमा अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा एक महिनाभरी नै पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी हुने भएका छन । 'नयाँ शक्तिको लुम्बिनी बैठकको वैचारिक कोषेढुंगापछि यसलाई सांगठनिक कोषेढुंगा बनाउँदैछौ' अभियानको उद्देश्यबारे चर्चा गर्दै संयोजक डा। भट्टराईले बताए ।

पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म १७७६ किलोमिटरको पुष्पलाल लोकमार्ग आसपास सञ्चालन हुने अभियानका क्रममा स्थानीय तहका समस्या र सम्भावनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाहरुसँग अन्तरक्रियारछलफल गरिने उहाँले स्पष्ट पारे ।

केन्द्रदेखि स्थानीय तहसम्म राजनीति भ्रष्टाचारको दुष्चक्रममा रुमल्लिएको भन्दैं जनतामा जागरुकता जगाउन अभियान थालिएको हो । 'भ्रष्टाचारको जालो नतोडेसम्म र अहिलेको संरचनात्मक अवरोध अर्थात् राजनीतिक सिन्डिकेट नतोडी मुलुकलाई समृद्धिको दिशामा तीव्र ढंगले अगाडि बढाउन सकिन्न ।' भट्टराईले भने ।

आफूले हालसालै युरोप र अमेरिकाको भ्रमण गरेर विज्ञान, दर्शन, अर्थतन्त्र र राजनीतिक क्षेत्रमा आएका परिवर्तनबारे अध्ययन गरेको भन्दै संयोजक भट्टराईले एकपटक दूरदराजका नागरिकसँग प्रत्यक्ष संवाद गर्न चाहेकोले एक महिनासम्म निरन्तर सञ्चालन गरिने अभियानमा आफू प्रत्यक्ष सहभागी हुन लागेको स्पष्ट पारे ।

अभियानको क्रममा विकास र समृद्धिको मार्गचित्रबारे स्पष्टता हासिल गर्ने, स्थानीय जनताको समस्या र बुझाइबारे जानकारी हासिल गर्ने, समृद्धिको सपनालाई विपनामा रुपान्तरण गर्न असल राजनीतिक अभ्यासलाई अगाडि बढाउन भूमिका खेल्ने लगायतका उद्देश्य राखिएको संयोजक भट्टराईले जानकारी दिए ।

अभियानको पूर्वतयारीको रुपमा पार्टीका हेडक्वार्टर सदस्यहरु गंगा श्रेष्ठ, प्रशान्त सिंह र युवा शक्ति नेपालका उपाध्यक्ष भीम पराजुलीले अभियान सञ्चालित हुने मार्गको अध्ययन, अनुसन्धान गरेर काठमाडौं फिर्ता भइसकेका छन ।

अभियानको क्रममा पुष्पलाल लोकमार्ग आसपास अन्तरक्रिया, कोणसभा, पैदलयात्रा आदिका माध्यमबाट जनसंवाद गरिने योजना रहेको पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

सम्बन्धित खबरहरु