काठमाडौं । वाइडबडी जहाज खरिद गर्दा भएको घोटालाको टुङ्गो लाग्न सकेको छैंन । यता, नेपाल टेलिकमले देशभर फोरजी सेवा विस्तार गर्न भन्दै अघि बढाएको टेन्डर प्रक्रियामाथि नेकपा सांसदहरुले प्रश्न उठाएका छन् । संसदको अर्थ समितिको आइतबारको बैठकमा बोल्ने सांसदहरूले २–४ अर्बमै सकिने कामलाई १८ अर्ब खर्चिएर नयाँ परियोजना अघि बढाइनुको औचित्य पुष्टि हुन नसकेको बताएका हुन् । कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने परियोजना रोक्नेतिर सांसदले कुनै पनि कदम चाल्न नहुने बताए । प्रविधिको द्रुत विकासमा सकेसम्म छिटो गर्नुपर्ने काममा कुनै पनि बहानामा रोक्न नहुने उनले बताए ।

सांसद रामकुमारी झाँक्रीले टेन्डर प्रक्रियामा धेरै आशंका रहेको बताइन् ।‘त्यही काम निजी सेवाप्रदयाकले ४ अर्बमा सक्ने, अनि सरकारीले १८ अर्ब खर्च गर्ने ? यो कसरी पुष्टि हुन्छ ?’, उनले भनिन्, ‘एकातिर बजार नीजिले लिइसकेको छ र अर्कोतिर हामीले फोरजी ल्याउँदा विश्व बजारमा फाइभजी आइसक्छ अनि हामीले १८ अर्ब किन खर्चिने ?’ त्यस्तै सत्तारुढ सांसद मेटमणि चौधरीले पनि टेलिकमको यो परियोजना पारदर्शी नभएको आरोप लगाए । अहिलेकै प्रविधिमा स्तरोन्नति गर्दा हुने काममा अरबौं खर्च नगर्नु सही नियत नभएको उनको भनाइ छ ।

सम्बन्धित खबरहरु