विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिपरको ठक्करबाट आज एक बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण रहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीयवासीको प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विराटचोकदेखि विराटनगर आउने बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

स्थानीय बासिन्दाले टिपर आतङ्क रोक्नुपर्ने माग गर्दै प्रदर्शन गर्न थालेपछि त्यहाँको स्थिति असामान्य बनेको छ । उक्त स्थानमा कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक प्रबन्ध गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । विराटचोकबाट–विराटनगरतर्फ आज बिहान आउँदै गरेको ना ३ ख ३३५५ नं को टिपरले बाटो काट्दै गरेका बेला ठक्कर दिँदा सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।

ठक्करबाट उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनापछि स्थानीय बासिन्दाले ठक्कर दिने टिपरका साथै सडकमा गुडिरहेका अन्य आधादर्जन टिपरमा पनि तोडफोड गरी क्षति पु¥याएका छन् । स्थानीय बासिन्दाले टिपर आतङ्क रोक्नुपर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ ।

आक्रोशित स्थानीयले अहिले सम्म ७ वटा ट्रिपर जलाएका छन । सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने ठक्कर दिई भागेको ट्रिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएपछि स्थानीयले सोही ठाँउमा गई आगो लगाएका थिए । चालक फरार रहेको र ट्रिपर पुर्णरुपमा जलेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबरहरु