काठमाडौं । विगत २३ दिन देखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीसँग दुई जना पूर्वप्रधानन्यायाधीशले भेट गरेका छन । पुर्वप्रधानन्याधीश कल्यान श्रेष्ठले केसीको अनसनलाई ख्यालठट्टाको रुपमा नलिन सरकारलाई चेतावनी दिएका छन । शिक्षण अस्पतालमा अनसनरत केसीलाई विभिन्न दलका नेता तथा शुभेच्छुकले भेट गर्ने क्रम जारी रहेको छ । आज पुर्वप्रधानन्याधीश सुशीला कार्कीले केसीलाई भेट गरेकी छिन । उनले सरकारसामू आमरण अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको बताएकी हुन ।

बुधबार डा। केसीलाई भेट्न अनसनस्थल पुगेकी उनले डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने भन्दै सबैलाई गम्भिर हुन अनुरोध गरिन् । उनले भनिन्, ‘आज मेडिकलको क्षेत्रमा जुन सुधार आएको छ, यो उहाँकै लडाईबाट आएको हो । त्यसमा अलिकति माथेमा कार्यदलको छ ।’ सरकारले थोरै माग अड्काएको भन्दैं उनले पुरा गर्न अनुरोध गरिन । भेटमा उनले भनिन, ‘डा. केसीको माग पुरा गर्‍यो भने राष्ट्रको जित हुन्छ, प्रधानमन्त्रीको जित हुन्छ’ उनले भनिन्, ‘उहाँको माग पूरा हुन्छ । ढिला गर्नु बेकार छ ।’

 

डा. केसीको सत्याग्रहलाई धेरैंले राजनीतिक विषय बनाएकोमा आफुलाई दुःख लागेको उनको प्रतिकृया छ । उनले भनिन, ‘डा. केसी सन्यासी हो । आफ्ना लागि केही चाहिएको छैन । उहाँको माग पूरा होस् भन्ने प्रधानमन्त्रीको मनमा पनि लागेको होला ।’ डा. केसीको माग पूरा गर्न ढिला भइसकेको उनले बताइन् । उनले सरकारले अहिलेसम्म वार्ता नगरेको भन्दैं चिन्ता व्यक्त गरिन । पछिल्ला दिनमा डा. केसीको स्वास्थ्य लगातार कमजोर बन्दैं गएको छ । उनले अहिलेसम्म औषधि खान नमानेको अस्पतालले जनाएको छ ।

सम्बन्धित खबरहरु