काठमाडौं । यौनसम्पर्क हरेक मानिसको अपरिहार्य आवश्यक्ता जस्तैं हो । पश्चिमा देशहरुमा यसका बारेमा विभिन्न अन्यन अनुसन्धान हुने गर्दछ जुन हामीले हाम्रो दैनिक जीवनमा लागु गरिरहेका हुन्छौं । यौनसम्पर्क गरिसकेपछि महिलाहरुले सामान्यतया आफ्नो बाँकि रहेको कामलाई पुरा गर्छन । एक अध्यनकाअनुसार यौन सम्पर्क पश्चात २ प्रतिशत महिलाहरु केही खानेकुरा खान्छन् । अन्य, ३ प्रतिशत धूमपान गर्छन्, ४ प्रतिशत सुत्छन्,५ प्रतिशत नुहाउँछन् र ८६ प्रतिशत महिलाहरु आफ्ना बाँकी रहेका कामहरु पूरा गर्छन् ।

के तपाईलाई थाहाँ छ एउटा पुरुष चरोत्मकर्षमा पुगेर वीर्य स्खलन हुँदा उसको वीर्य स्खलनको गति प्रतिघण्टा अठ्ठाइस माइलसम्म हुनेगर्छ । तर जब योनीभित्र वीर्य स्खलित हुन्छ त्यसको गति सुस्त भएर जान्छ । कतिसम्म भने वीर्यभित्र रहेका शुक्रकीटहरुले योनीभित्र हुने पाठेघरको मुख सर्भिक्ससम्म पुग्नकै लागि करिब ६ इन्चको दूरी पार गर्न पनि ५ मिनेटसम्म लाग्ने अनुसन्धानले बताएको छ । अझ सर्भिक्सभित्र पसेर अण्डासम्म पुग्नको लागि त शुक्रकीटलाई ७२ घण्टासम्मको समय लाग्न सक्ने अनुसन्धानकर्ताहरु बताउँछन ।

सामान्य रुपमा महिलाको तुलनामा पुरुषहरु बढी यौनका बारेमा सोच्ने गर्छन् । फुर्सद हुँदा पुरुषहरु प्रत्येक ७ सेकेण्डमा यौनकै बारेमा सोचिरहेका हुन्छन् । यौनक्रीडा गर्दा प्रत्येक घण्टामा ३६० क्यालोरी खर्च भइरहेको हुन्छ । भाइब्रेटर जसलाई महिलाहरुले यौन आनन्द प्राप्त गर्न एक साधनको रुपमा उपयोग गर्ने गर्छन । तर यो साधनको आविष्कार हिस्टेरिया पीडित महिलाहरुको उपचार पद्दतिको रुपमा भएको थियो । एजेन्सी

सम्बन्धित खबरहरु