काठमाडौ । अहिले नेपाली क्रिकेटर अविनाश बोहोराको चर्चा खुबै चुलिएको छ । युएईविरुद्धको टी–२० सिरिजमा प्लेयर अफ दी सिरिज घोषित भएर मात्र हैन उनको खेल र टीमका लागि दिएको योगदानका आधारमा विश्वभरीका क्रिकेटका फ्यानहरुले क्रिकेटर हुनु त नेपाली अविनाश जस्तै भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । उनी आफ्नो डेब्यु सिरिजमै प्लेयर अफ द सिरिज घोषित भएका छन् । यो विश्वका निक्कै चर्चित खेलाडीहरुले प्राप्त गरेको विरलै प्रगती हो ।

नेपाललाई टी–२० सिरिजको उपाधि दिलाउन उनले निक्कै महत्वपूर्ण भूमिका खेले । उनको यो मात्र योगदान भएन टिमसँगै अर्को व्यक्तिगत छलाङ समेत मारे ।

आइतबार दुबईमा सम्पन्न तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि नेपालले २–१ ले जित्दा अविनाशले महत्वपूर्ण भूमिका खेले । अविनाशले अन्तिम खेलमा दुई ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिए । उनका लागि मात्र हैन यो देशका लागि नै निक्कै ठूलो उपलब्धी हो ।

सम्बन्धित खबरहरु