धरान । स्थानीय सरकार आएपछि जनताको जीवनस्तरमा सुधार आउँछ भन्ने कुरा कुनैंमा लागु भएपनि धेरैंमा भने सपना नैं भएको छ । स्थानीय निकाय आएपछि समाजमा भ्रष्ट्राचार घटेको नभई बढ्दै गएको देखिएको छ । स्थानीय जन प्रतिनिधिहरु धेरैं कर्चालु भएका कुराहरु पनि समयसमयमा आइरहेका हुन्छन् । यस्तै, धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् ।

धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन ।

सम्बन्धित खबरहरु