कैलाली । हतकडीसहित भाग्न खोज्नेमाथि प्रहरीले गोली चलाएको छ । कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला उनी भाग्न खोजेको प्रहरीले जनाएको छ ।

उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर ओलीले जनाए । दमाईको खुट्टामा गोली लागेको हुँदा उनलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु