काठमाडौं । सबै नागरिकलाई रोजगारीको प्रत्यायभूत गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक समारोहबीच प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणा गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैलाई रोजगारी अनिवार्य भएको बताए । सरकारले सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीको अवसर सिर्जन गरी आगामी पाँच वर्षमा कुनै पनि नेपाली नागरिकले बाध्यकारी वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरेको जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार कार्यक्रम सञ्चालन गर्न प्रदेशको सहकार्यमा रोजगार सूचना केन्द्र स्थापना गरी ७ सय ५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रियासमेत अगाडि बढाइसकेको छ । कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै प्रधानन्त्री ओलीले गरिबी र वेरोजगारीले पछाडि परेको नेपाल रोजगारसम्बन्धी नयाँ अभियानले नेपाल एक कदम अगाडि बढेको बताए । आजको कारोबार दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु