काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले विरोधीहरुलाई जवाफ फर्काउने बताएका छन् । उनले स्वास्थ्यमन्त्री भएका बेला नुवाकोटको राउतबेसीको सुनखानी भन्ने ठाउँमा बाख्रापालन थालेको भनेका थिए । उनको यस कुराको जवाफ दिदैं नेकपा नेता तथा सांसद केशब स्थापीतले आफुले बाख्रापालन नदेखेको भन्दै थापालाई बाख्रा देखाउँन माग गरेका थिए ।

उनले थापामाथी झुटको राजनीति गरेको समेत्त आरोप लगाएका थिए । स्थापीत प्रदेश नम्बर तीनको मन्त्री भौतिक पूर्वाधार निर्माण भएपछि मुख्यमन्त्री डोरमनी पौडेलमाथी दुव्र्यवहार गरेको भन्दै बर्खास्त भएका हुन् । अहिले पनि थापा विरोधी व्यक्तिहरुले गगन थापाको बाख्रा पालन र मासु व्यवसायलाई लिएर ब्याङ्ग्य गर्ने गरेका छन । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत आफुले बाख्रापालन गरेको कुरा सत्य भएको भन्दै आफुले खसी सार्वजनिक गरेर विरोधीहरुलाई जवाफ फर्काउने जनाएका छन् ।

https://twitter.com/thapagk/status/1096416244260093956

ेथापाले लेखेका छन, “आज नुवाकोटको राउतबेसी जाने क्रममा सुनखानीमा मैले कुनै समय बाख्रापालन गरेको ठाउँमा पुग्ने अवसर जुर्‍यो । केही महानुभावहरूका अनुसार मैले सरकारी कोषबाट यही ठाउँ देखाएर १४ करोड हिनामिना गरेको हुँ रे । सरकारबाट ममाथि लागेको यो आरोपको छानबिन गरी खसी सार्वजनिक गर्दिने विश्वास लिएको छु ।” उनको यो घोषणासँगैं सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ । के थापाले खसी सार्वजनिक गर्लान त ?

सम्बन्धित खबरहरु