काठमाडौं । ‘लुट्न सके लुट कान्छा’ गीत पछि अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका बिचमा बहस भइरहेको छ के गायक पशुपति शर्मासँग केपी शर्मा ओली नेतृत्वको सरकार डराएको नैं हो ? यो गीत पछिल्लो नेपाली परिवेशमा आधिर भएर बनाएको भएपनि केही आलोचना र धेरैं तारिफ पाइरहेको छ ।

गीतमा उठान गरिएको विषय वस्तु ठिक भएपनि शब्द चयनमा भने अलिक ध्यान नगएको जनाइएको छ । शर्माले विवादका बिचमा यो गीतलाई आफ्नो आधिकारिक च्यानलबाट हटाईसकेका छन् । अहिले यो विषय राजनीतिक बन्न पुगेको छ सत्तापक्षले शर्माले प्रतिपक्षको ठाउँमा बसेर गीत गाएको आरोप लगाएका छन् ।

यत्ता प्रमुख प्रतिपक्ष नेपाी कांग्रेसले पनि मुख खोलेको छ । आज पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पशुपति शर्माको गीतका विषयमा व्यङ्ग गर्दै भने, ‘कति बलियो होला दुई तिहाईको सरकार एउटा गीतले पनि थरर्र काप्ने?’

अभिव्यक्ति स्वतन्त्रताको विषयमा सरकार गम्भीर नरहेको भन्दै उनले सरकार आफैंले हस्तक्षेप गरेर यूट्यूबबाट हटायो या सरकार आफैंले गीत हटाउनलाई चेतावनी दिएको हुनसक्ने जनाएका छन् ।

सम्बन्धित खबरहरु