काठमाडौं । स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीका अंगरक्षक (पिएसओ) को पेस्तोल हराएको छ । सेनाले अहिले अंगरक्षक अर्जुन घिमिरेको साथमा रहेको पेस्तोलको खोजीमा लागेको छ । अहिलेसम्म पेस्तोल नभेटिँदा सेनालाई तनाव भएको छ । मृतक सबैको अन्त्येष्टि भइसकेको छ ।

सेनालाई घटना लगत्तै पेस्तोलको याद आएतापनि फेला परेको छैन । सैनिक जवानहरु मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको साथमा भएको पेस्तोलको खोजीमा छन् । हेलिकोप्टरमा केही कागजपत्र पनि भएको बताइएको छ, जुन बाहिर उछिट्टिएको र पूर्णरुपमा नजलेको हुन सक्ने भन्दै सेनाले खोजिरहेको स्रोतको भनाइ छ ।

सैनिक उद्धार टोलीका एक अधिकारीका अनुसार अहिले बाक्लो हिमपात भएका कारण पेस्तोलको खोजी सफल भएको छैन । ती अधिकारीहरुका अनुसार दुर्घटनास्थल वरपर यो वर्ष सिजनकै सबैभन्दा बढी हिमपात भएको हो । यही कारणले पेस्तोल फेला पर्न नसकेको सेनाको अनुमान छ ।

जिल्लाको फुङलिङबाट करिब डेढ घन्टा गाडीको यात्राबाट काफ्ले पार्टी भन्ने ठाउँसम्म पुगिन्छ । त्यहाँबाट करिब साढे ३ घन्टा हिँडेपछि दुर्घटनास्थलमा पुगिने उद्धारकर्ताहरुले जनाएका छन् । यसरी नै हिँडेर सेनाको टोली पेस्तोल खोज्नपनि पुगेको थियो तर फेला पार्न सकेन ।

सम्बन्धित खबरहरु