हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले महोत्सवमा धेरै टिकट विक्री गर्ने होडका कारण अश्लिल र उत्तेजक शैलीका सांस्कृति कार्यक्रम प्रस्तुत नगर्न निर्देशन दिएका छन्। शनिबारबाट हेटौंडामा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाट गर्दै मुख्यमन्त्री पौडेलले महोत्सवमा आफ्नो कला र सांस्कृति प्रस्तुत गरेर सांस्कृति कार्यक्रम गर्नका सट्टा अश्लिल र उत्तेजक नृत्य तथा सांस्कृति कार्यक्रम भइरहेको भन्दै तत्काल त्यस्तो कार्य बन्द गर्न जरुरी रहेको बताए।

‘सेता तिघ्रा देखाएर महोत्सव सञ्चालन गर्ने होइन। महोत्सव आफ्नो उत्पादन, कला र संस्कृति प्रवर्द्धन गर्ने हुनुपर्छ। अहिले सेता तिघ्रा देखाएर अश्लिल र उत्तेजक कार्यक्रम सञ्चालन भइरहेका छन्। जुन एकदमै गलत हो’, मुुख्यमन्त्रीले भने। उद्घाटन समारोहमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने ३ नम्बर प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पौडेलले बताएका छन्।

सरकार एक्लैले मात्र समृद्धिको बाटो तय गर्न नसक्ने भएका कारण प्रदेश सरकार निजीक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका हुन्। हेटौंडा–५ स्थित क्याम्पाडाँडा खेल मैदानमा सुरु भएको महोत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सरकार, निजीक्षेत्र र सहकारी मिलेर विकासको मोडल तयार गर्न जरुरी रहेको औंल्याए। ‘हामीले कृषि कार्यका लागि नेपाल उद्योग बाणिज्य महासंघसँग सम्झौता गरिसकेका छौं। अब औद्योगिक क्षेत्रको स्थापना र ठूलाठूला रोजगारी सिर्जना गर्ने उद्योग स्थापनाका लागि कस्ता कानुन र समझदारी आवश्यक पर्छ सोही अनुसार निजी क्षेत्रसँग सहकार्य गर्नेछौं। निजी क्षेत्रसँगको सहकार्य विना विकास सम्भव छैन भन्ने हामीले बुझेका छौं।’, मुख्यमन्त्री पौडेलले कृषिमा आधारित ठूलाठूला परियोजनाका लागि प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउन तयार रहेको बताउँदै कृषि क्षेत्रमा काम गर्न भिजन र मिसनसहित प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्न समेत आव्हान गरे।

वर्षा र राष्ट्रिय शोकका कारण निर्धारित समयभन्दा दुईदिन पर धकेलिएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५१ फिट अग्लो झन्डोत्तोलन गरी मुख्यमन्त्री पौडेलले कार्यक्रमको उद्घाटन गरेका थिए। मेला उद्घाटनपूर्व हेटौंडाको पल्पसाहलबाट शोभायात्रा निकालिएको थियो। मेला २८ गतेसम्म जारी रहनेछ। ३ नम्बर प्रदेशका १३ जिल्लाका कृषि, घरेलु तथा औद्योगिक उत्पादनलाई विशेष प्राथमिकता दिँदै चारसय वटा स्टल राखिएको आयोजक संघ अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए।

करिब पाँचलाख जनाले मेला अवलोकन गर्ने तथा १० दिनको अवधिमा करिब पाँच करोड रुपियाँ कारोबार हुने लक्ष्य राखिएको संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले जानकारी दिए। ३ नम्बर प्रदेशका १३ जिल्लाका कृषि, घरेलु तथा औद्योगिक उत्पादनलाई विशेष प्राथमिकता दिँदै चारसय वटा स्टल राखिएको छ। करिब पाँचलाख जनाले मेला अवलोकन गर्ने तथा १० दिनको अवधिमा करिब पाँच करोड रुपियाँ कारोबार हुने लक्ष्य राखिएको संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले जानकारी दिए। मेलामा दैनिक राष्टिूय कलाकारहरुको प्रस्तुती रहने छ।

हात्ती, हेलिकोप्टर, घोडा चढेर महोत्सव घुम्न सकिने व्यवस्था मिलाइएको छ। मेलामा परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ पञ्चेबाजा प्रतियोगिता समेत आयोजना गरिने भएको छ। परम्परागत रोटे पिङ पनि खेल्न पाइनेछ।

महोत्सवमा खानेपानी १५ रुपियाँ बोतलमा बेचिने, प्रत्येक खानाको स्टलमा दररेट राखिने, प्रत्येक दिन विशेषज्ञको सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने तथा मोवाइल र कम्प्युटरको निःशुल्क सर्भिसिङ सेवा समेत सञ्चालन गरिने संघका अध्यक्ष कृष्ण कटुवालले बताए। माछा प्लानको पोखरीमा डुङ्गा शयर गराउने व्यवस्था पनि गरिएको छ।

सम्बन्धित खबरहरु