काठमाडौं । भारतमा मात्रैं नभई विश्वभर चर्चामा रहेको दी कपिल शर्मा शो मा अर्की नेपाली चेलीको उपस्थिती रहेको भएको छ । यो भन्दा पहिले बलिउड अभिनेत्री मनिषा कोइराला कपीलको शो मा देखिएको थियो । । अब कपिल शर्माको कार्यक्रममा पूर्व मिस नेपाल नीकिता चण्डकलाई देख्न पाइने भएको हो ।

निकिता कपिल शर्माको शो मा अतिथिको रुपमा देखिने भएकी हुन् । सो कुराको जानकारी नीकिताले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत फोटो राखेर दिएकी छिन् । तर नीकिताले ‘सो’को कुन अङ्कमा आफू देखिन लागेको भन्ने बारे स्पष्ट जानकारी दिइएको छैन । नीकिताले ‘शो’का एक चर्चित पात्र किकु सारदासँग खिचाएका तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

चण्डकले किकुसँगको तस्वीर इन्स्टाग्राममा राख्दै ‘ हामीहरुको भेट भयो, कपिलको शोमा बोलाएको मा धन्यबाद’ भनेर लेखेकी छिन् । उनले किकु सारदाको काम प्रतिको लगनशीलताको पनि प्रशंसा गरेकी छिन् । उनले शोमा प्रायः महिला बनेर अभिनय गर्ने गर्दछन् ।

सम्बन्धित खबरहरु