काठमाडौं । नेपाल र भारतबीचको सीमा विवाद लामो समय देखि चलिरहेको छ । यो बिचमा सबैभन्दा विवादमा रहेको कालापानी जुन लामो समय देखि विवादमा रहेको छ । कालापानी नेपाली भूभाग भएको भए पनि भारतीय पक्षले जबरजस्ती रुपमा कब्जा जमाएर बसेको छ ।

नेपाल सरकारले हालैं सार्वजनिक गरेको नयाँ नक्सामा पनि नेपालमा कालापानी र लिपुलेक अटाएको छ । उता भारतीय पक्षले भने कालापानी नेपाललाई दिन नहुँने बताउँदैं आएको छ । सामाजिक सञ्जाल युट्बमा एक भिडियो सार्वजनिक गर्दै एक भारतीय नागरिकले आफुहरु कुनै पनि हालतमा कालापानी भारतलाई फिर्ता गर्न तयार नभएको जनाएका छन् ।

उनले आफ्नो भिडियोमा भारत र चीनबीचको सम्बन्धको ब्याख्या गर्दै भारतीय जनताको सुरक्षाको लागि कालापानी भारतलाई आवश्यक परेको प्रतिकृया दिएका छन् । उनले भारतीय सेना चीन प्रवेशका लागि कालापानी प्रयोग गर्ने भन्दैं अर्बौ जनताको भविष्य जोडिएका हुनाले कालापानी फिर्ता गर्न नमिल्ने बताउँदैं आएका छन् । उनका अनुसार कालापानी विवाद सन १८१६ देखि चल्दैं आइरहेको छ ।

नेपालको पश्चिम दार्चुला जिल्लामा रहेको कालापानी अहिले पुर्ण रुपमा भारतीय कब्जामा रहेको छ । उनले भिडियोमा स्पष्ट रुपमा मानेका छन कि कालापानी नेपालको हो तर भारत यसलाई फिर्ता गर्न सक्दैन् । उनले अगाडी यो पनि भनेका छन् कि यदी विपी कोइराला सन १९६२ मा नेपालको प्रधानमन्त्री भएको भए भारतीय सेना कालापानीमा नआउँने उनको दावा छ ।

सन १९५८ मा भारत र चीनका बिचमा युद्ध भएको स्मरण गर्दै उनले नेपाल मध्यस्तकर्ताको रुपमा उभिएको जनाएका छन् । नेपाल उक्त समयमा भारतीय उपनिवेशमा चलेको भन्दैं कोइरालाले भारतीय पक्षको साथ नदिँदा उनले पद गुमेको समेत्त उनी दावा गर्छन ।

सन १९६२ मा चीनले भारतलाई तिब्बतका विषयमा नबोल्न भनेको भन्दैं भारतले चीनको कुरा स्विकार नगरेपछि भारतमाथि आक्रमण भएको उनको दावी छ । चीनमा माहोत्सेतुङ सत्तामा रहँदा भारतमा जवारलाल नेहरु प्रधानमन्त्री रहेका थिए ।

चीनले झण्डैं ८० हजार सैनिक लिएर भारतका १२ हजार सैनिकमाथि आक्रमण गरेको थियो जसमा भारतको लजास्पद हार भएको थियो । दुई देश बिच भएको लडाईमा चीनका ७ सय सैनिक र भारतका १३ सय सैनिक मरेको उनले बताएका छन् । पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु