काठमाडौं । चैत्र महिनामा बिवाह गर्नु हुँदैन भन्ने पुरानो मान्यता रहँदै आएको छ । तर, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीले बिवाह गरेका छन् । तर यो जोडीले रियलमा नभइ रिलमा बिहे गरेका हुन् । रिलका लागि भने उनीहरुले गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी’ गीतको भिडियोका लागि गरेका हुन् ।

औपचारिक बिहेको टुंगो नलाग्दै प्रियंका र आयुश्मानको चर्चित जोडीको बिवाह अहिले पर्दामा उतारिएको छ । दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् । म्यूजिक भिडियोको छायाँकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।

सम्बन्धित खबरहरु