काठमाडौं । सामान्यतया खुर्सानी खानु आफैंमा राम्रो हुँदैन । तर मिलाएर खान सक्यो भने खुर्सानीले अचुक फाइदा दिन्छ । तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् ।

डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । यो खुर्सानीको नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनुको साथै मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ । विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ थकाइ पनि मेटाउँने विश्वास गरिएको छ ।

सम्बन्धित खबरहरु