नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत शुक्रबारदेखि सुरु भएको भारोत्तोलनको प्रतिस्पर्धामा कीर्तिमानको ओइरो लागेको छ। पहिलो दिन महिलाको २ र पुरुष २ तौल समूहमा प्रतिस्पर्धा भयो। जहाँ ११ वटा राष्ट्रिय कीर्तिमान बने। प्रत्येक तौल समूहमा स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी ३ वटा कीर्तिमान बन्छन्। शुक्रबार पुरुष ५५ केजीको क्लिन एन्ड जर्क बाहेक अन्य विधाको ११ कीर्तिमान नयाँ बनेका हुन्।

महिला ४५ केजी तौल समूहमा नेपाल आर्मीकी रीता गुरुङले स्न्याच, क्लिन एन्ड जर्क र समग्र गरी तीन वटा राष्ट्रिय कीर्तिमान बनाइन्। महिलाकै ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राईले पनि स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन्।

पुरुष ५५ केजी समूहमा नेपाल आर्मीका तुलाराम महतोले स्न्याच र कुलमा गरी २ वटा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। यस्तै पुरुष ६१ केजी तौलमा नेपाल आर्मीका राजु चौधरीले क्लिन एन्ड जर्क र कुलतर्फ राष्ट्रिय कीर्तिमान बनाए। यो तौल समूहमा नेपाल पुलिसका मुल लामाले स्न्याचतर्फ राष्ट्रिय कीर्तिमान बनाए।

कसरी बने एकै दिन ११ कीर्तिमानरु
४ महिनाअघि अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ ९आइडब्लुएफ० ले नयाँ नियम लागू गरेर नयाँ तौल समूह बनाएको थियो।

विश्व च्याम्पियन्सिप र एसियन च्याम्पियनसिप लगायतका ठूला प्रतियोगिताका आधार छुट्टै मापदण्ड बनाएर विश्व कीर्तिमानहरू कायम गरिएको थियो। नेपालमा भने महिला र पुरुषका १० वटा तौल समूहमा राष्ट्रिय प्रतियोगिता नभएको अवस्थामा नयाँ कीर्तिमान थिएनन्।

सम्बन्धित समाचार स् भारोत्तोलनमा एकै दिन बने ११ राष्ट्रिय कीर्तिमान

चार महिनाको बीचमा प्रदेशस्तरीय प्रतियोगता मात्र भए। राष्ट्रिय प्रतियोगितामा नयाँ रेकर्ड नबनेको अवस्थामा प्रदेश स्तरीय उत्कृष्ट खेलेका खेलाडीको प्रदर्शनलाई पनि राष्ट्रिय कीर्तिमान मान्ने नेपाल भारोत्तोलन संघले निर्णय गरेको छ।

नयाँ तौल समूहमा निर्धारण
अहिले जारी राष्ट्रिय प्रतियोगिता जसले स्वर्ण पदक जिते पनि राष्ट्रिय कीर्तिमान बन्ने अवस्था छ। रजत जित्नेले पनि कीर्तिमान बनाउन सक्नेछ। किनकी एकै तौल समूहमा तीन विधा हुन्छ।

तीनै विधामा कीर्तिमान कायम हुन्छ। स्न्याच, क्लिन एन्ड जर्क र कुल मध्ये एकमा राम्रो गरेमा पनि रेकर्ड बन्ने सक्नेछ। यद्यपि, राष्ट्रिय कीर्तिमान बनाउन भने प्रदेश स्तरीय प्रतियोगिता भन्दा राम्रो खेल्नु भने पर्नेछ।

यसअघि पुरुषमा ८ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुन्थ्यो। अहिले १० वटा स्वर्णका लागि प्रतिस्पर्धा हुने नियम छ। पुरुषमा ५५ केजी देखि १ सय १० माथि तौल समूह बनाइएको छ। योबीचमा १० तौल समूहमा प्रतिस्पर्धा हुने नयाँ नियम छ।

महिलामा ७ बाट १० बनाइएको छ। महिलाको ४४ केजीबाट सुरु भएर ८७ माथि सम्म तौल समूह बनाइएको छ। पहिला महिलामा ७५ माथि तौल समूह मात्र थियो।

नयाँ तौल समूह निर्धारण हुँदा खेलाडीलाई फाइदा पुगेको भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारी बताउँछन्। भन्छन्, ुतौल समूह बढ्नु खेलाडीका लागि राम्रो हो। किनकी धेरै खेलाडीले मेडन जित्न सक्छन्। जसले खेल्ने प्रेरणा पनि मिलिरहन्छ।

सम्बन्धित खबरहरु