काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षीय मिनबहादुर बोगटीलाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ८९४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बोगटीलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन मिलनचोकस्थित सडक किनाराबाट नियन्त्रित मनोद्धिपक लागूऔषध नाईट्राजेपाम (नाईट्राभेट) १ हजार ८९ ट्याब्लेट, कोडाइन, फोसफेट एण्ड कोरफेनिरमाइन मेल्टा सिरप १ सय एमएलको बोतल ६ थान सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी मनरा सिसवा नगरपालिका(१० का ३० वर्षीय बिशालकुमार झा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ का २३ वर्षीय राम कार्की रहेका छ्न् । लागूऔषध नियन्त्रण व्यूरो काटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस्तै, पर्रोहवा नगरपालिका–८ नेपाल–भारत सीमा नजिकबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट मोतीपुर नरकटियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकिङ गर्ने क्रममा प्रहरी टोलीलाई देख्नासाथ अपरिचित २ जना व्यक्तिहरु गम्छा छोडी भागेकोले गम्छाभित्र उक्त कटुवा पेस्तोल र सोको गोली फेला पारी बरामद गरेको हो । यी दुबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान चलिरहेको जनाएको छ ।

सम्बन्धित खबरहरु