काठमाडौं । नेकपा एमाले र माओवादी (केन्द्र) बिच पार्टी एकता पछि दक्षिण एशियामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) शक्तिशाली पार्टीको रुपमा देखिएको छ । यो बिचमा यस पार्टीप्रति विभिन्न व्यक्तिहरुको आर्कषण बढ्दै जान थालेको छ । आज एक कार्यक्रमका बिच तराई मधेश फोरम नेपालबीच एकिकरण भएको छ ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गर्नुभएका अमर यादव लगायतका अन्य दर्जनौं नेता कार्यकर्ता नेकपामा समाहित भएका छन् । आज प्रचण्ड निवास खुमलटारमा एक कार्यक्रमको आयोजना गरी दुवै पार्टी एकिकरण भएको घोषणा गर्नुभएको छ । मधेशवादी दलहरुले मधेशी जनतालाई भ्रम राखेको उल्लेख गर्दै नेता यादवले आगामी चुनावमा मधेशका पसल(पार्टी) हरु बन्द हुने दावीसमेत गर्नुभएको छ ।

सम्बन्धित खबरहरु