काठमाडौं । अहिले सरकारमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रष्ट्राचारमा लिप्त भएको आरोप लगाउँदै आएको छ । यो बिचमा

प्रमुख प्रतिपक्षी दलका नेताहरु नै ठुलाठुला घटनामा मुछिएका कारणले गर्दा पनि अहिले बालुवाटार लगायतका विषयहरु ओझेलमा पर्न थालेका खबरहरु आइरहेका छन् ।

यो बिचमा सत्तापक्षका नेताहरुले पनि अहिले देशमा भ्रष्ट्राचार व्याप्त भएको स्विकार गरेका छन् । आज सरकारले हालै सार्वजनिक गरेको

नीति तथा कार्यक्रमहरुका बारेमा संसदमा बोल्दै नेकपाका सांसद तथा पूर्व मन्त्री अग्नि सापकोटाले बालुवाटार, खुल्ला मञ्चदेखि देशैभर भष्टाचार भएको स्विकार गर्नुभएको हो ।

संसदमा सापकोटाले भन्नुभयो, ‘कहाँ छैन भष्टाचार ? यो बहुआयामिक छ कहाँ छैन भष्टाचार ? कहाँ छ भनेर मलाई नसोध्नुस, कहाँ छैन भष्टाचार ? बालुवाटार, खुल्लामञ्च, पोखरा, जनकपुर लगायतको कति ठाँउको नाम भनौँ, म हजार ठाउँको नाम भन्न सक्छु ।

यो बीचमा हाम्रो अन्तर्राष्ट्रिय समितिबाट छानविनका लागि मलाई जिम्मेवारी दिएको थियो, अहिले प्रतिवेदन हामीले बुझाएका छौँ । त्यहाँ खोतल्दै जाँदा यति डरलाग्दो चित्र आउँछ कि यो देशको माया गर्ने कोही छ ?’

उहाँले कर्पोरेट शैलीमा सरकारी जग्गा हिनामिना भएको बताउँदै एनसेल जस्ता कर्पोरेट हाउसको करछली सामान्य विषय नभएको पनि स्पष्ट पार्नुभएको छ ।

नेपाल सरकार, अदालतलाई प्रभावमा पारेर भष्टाचारको खेल भइरहेको स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘भष्टाचार रोक्ने हो भने कुनै पनि बिष बृक्षको पात टिपेर, हाँगा काटेर नियन्त्रण गर्न सकिँदैन । हामीले कुनै प्रवचन दिएर, कसम खुवाएर, हामी भष्टाचार निर्मुल गर्न सक्दैनौँ ।

भष्टाचार नियन्त्रणका लागि कठोर कदम चाल्नुपर्छ । यो दुई तिहाइको सरकारले गलत गर्नेलाई फलामे हात बजारोस् भन्ने जनताले चाहन्छन् ।’

सम्बन्धित खबरहरु