काठमाडौ । नेपालको बढ्दो बेरोजगारीले अहिले पनि कामका लागि विदेश जाने नेपालीहरुको संख्या बढ्दो छ । योबीचमा कामा लागि विदेश जाने क्रममा धेरै व्यक्तिहरु ठगिने गरेका छन् ।

के तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ ? विदेशमा पाइने कामको बारेमा बुझ्न चाहनुहुन्छ ? अबदेखि कामका लागि कुनै दलाललाई सोध्नु नपर्ने भएको छ । अब घरमै बसेर विदेशमा पाइने कामको बारेमा जानकारी लिन सकिने भएको छ ।

अनलाइनमार्फत आफूले गर्न चाहेको कामको बारेमा कुन देशबाट ‘डिमाण्ड’ आएको छ र सेवासुविधा कस्तो छ भनेर बुझन सकिने भएको हो । वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको जानकारी दिएको छ ।

विभागका महानिर्देशक भिष्मकुमार भुषालले अनलाईनबाट नै कुन देशका कुन कम्पनीमा कस्ता कामका लागि माग आएका छन् भन्ने जानकारी अब विभागको अनलाइन मा हेर्न सकिने जानकारी दिनुभयो ।

यो विकाससँगै अब कामदारले विदेशमा पाइने कामको बारेमा एजेण्ट वा म्यानपावरको झुटो आश्वासनमा फस्न नपर्ने विश्वास गरिएको छ । उहाँले सबैलाई सचेत हुन आग्रह गर्दै भन्नुभयो, ‘अब जान चाहेको काम, पाइने सेवा सुविधा लगायतको जानकारी वेवसाइटबाटै लिन सकिन्छ, त्यसैले अब दलाल र म्यानपावरको झुटमा नफस्नुहोला ।’

आफ्नो इच्छाको काम, दाम र त्यो काम पाइने ठाउँसँगै नेपालबाट त्यो काममा पठाउने म्यानपावर कम्पनीको बारेमा समेत जानकारी लिन सकिने महानिर्देशक भुषालले जानकारी दिनुभयो । सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । यो ववसाईटमा क्लिक गरेर सबै जानकारी लिनुहोस् । http://dofe.gov.np/

सम्बन्धित खबरहरु