काठमाडौं । सामान्यतया मानिसहरुले खानालाई ताजा बनाइराख्नको लागि फ्रिजको प्रयोग गर्ने गर्छन । अहिले विभिन्न प्रविविधिको विकासले मानव जीवनलाई सहज बनाएको छ । यस्तै हिमाली क्षेत्रमा जहाँ १२ महिना नै हिउँ पर्छ त्या पनि मरेका जीव जनवार कुहिने सम्भावना धेरै कम हुन्छ ।

 

वैज्ञानिकहरुले साइवेरियाको बर्फिली पहाडमा ४० हजार वर्ष पुरानो ब्वाँसाको टाउको फेला पारेका छन् । उनीहरुले फेला परेको ब्वाँसोको टाउकोमा कपाल र दाँतका साथै दिमागसमेत सुरक्षित रहेको बताइएको छ ।

वैज्ञानिकहरुले भनेका छन्, ‘ब्वाँसोको यो टाउको ४० हजार वर्ष पुरानो हो । यो १६ इन्च लामो रहेको छ ।’ जुन आजभोलि हुने ब्वाँसोको टाउकोको आकारभन्दा करिब दुई गुणा बढी हो ।

ब्वाँसोको टाउको वैज्ञानिक पावेल एफिमोवले पत्ता लगाएका थिए । ब्वाँसोको टाउकोमा गहिरो चोट लागेको देख्न सकिने भएकाले कुनै जनावरको आक्रमणमा परी यसको मृत्यु भएको वैज्ञानिकहरुले अनुमान लगाएका छन् ।

किने भने रुसमा मानव जातिको बसाइ ३२ हजारअघि नभएको उनीहरुले पुष्टि गरेका छन् । रुसी वैज्ञानिक डाक्टर एल्बर्ट प्रोतोपोपोवका अनुसार फेला परेको ब्वाँसोको टाउकोको धेरै भागमा चोट लागेको छ ।

उनले भनेका छन्, ‘फेला परेको ब्वाँसोको टाउको र अहिलेको ब्वाँसोको टाउकोसँग तुलना गरी अध्ययन गरिन्छ । यसबाट पुष्टि हुन्छ कि हजारौँ साल पहिलासँग के भिन्नता रहेको छ ।’ अहिले यो तस्वीरलाई लिएर सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एजेन्सी

सम्बन्धित खबरहरु