काठमाडौ । नायिका निशा सुनार र मोडल पार्वती राई लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनीहरु अमेरिकी ग्रिन कार्ड होल्डर हुन् । बेला बेला नेपाल आउजाउ गर्छन् । यतिबेला दुवै जना चर्चामा आएका छन् ।

उनीहरु चर्चामा आउनुको कारण कुनै चलचित्र वा गीतले होईन् । हालै सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरका कारण चर्चामा आएका हुन् । उनीहरु दुवै जना बिकिनी अवतारमा देखिएकी छन् ।

दुवै जनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा बिकिनी पोज सार्वजनिक गरेका छन् । पार्वती राईले आफ्नो इन्स्टाग्राममार्फत बिकिनी तस्वीर सार्वजनिक गरेकी हुन् । न्यूयोर्कमा रहेको स्पा क्यासलमा दुवैजनाले बिकिनी तस्वीर सुट गराएका हुन् ।

नेपाल टेलिभिजनबाट आयोजित छमछमीबाट नृत्य क्षेत्रमा उदाएकी पार्वतीले अहिलेसम्म धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छन् । हरेक लोकदोहोरीमा कम्मर मर्काएर नाच्ने पार्वतीलाई लोकदोहोरी क्विन भन्दै आएका छन् । राई तीज आउनुभन्दा दुई महिनाअघिदेखि नै तीजको भिडियो छायांकनमा व्यस्त हुन्छिन् ।

सम्बन्धित खबरहरु