अछाम । अछाममा ट्रयाक्टर दुर्घटना हुँदा ३ जान विद्यार्थीको ज्यान गएको छ ।भने ४ जना विद्यार्थी घाइते भएका छन्। अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा–२ शोकटस्थित कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको ज्यान गएको हो । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा अन्य ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा–२ का दशपल्ले माविबाट यस वर्ष एसई परीक्षा दिएको रमेश साउँद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउँद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए। ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्।

सम्बन्धित खबरहरु