काठमाडौं । लामो समय देखि अमेरिका र उत्तर कोरिया बीचको सम्बन्धमा सुधार आउन सकेको छैन । यो बीचमा सम्बन्ध विस्तारका लागि अनेक प्रयत्नहरु नभएका भने पनि होईनन् । यो भन्दा पहिले दुई देशका राष्ट्रप्रमुख अमेरिकाी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनका बीचमा सिंगापुर र भियतनाममा भेट भइसकेको छ । भेटको पुरानो शैलीलाई परिवर्तन गर्ने बहानामा अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ इतिहास रच्नु भएको छ । उहाँले अमेरिकी इतिहासमा सबैभन्दा पहिले उत्तर कोरिया पुग्ने रेर्कड बनाउनु भएको छ । यो भन्दा पहिले कुनै अमेरिकी राष्ट्रपति उत्तर कोरिया पुगेका थिएनन् । उहाँले आफूले उत्तर कोरियामा पाइला टेक्दा कोरियाली नागरिकका आखाँ आँसुले भरिएको बताउनु भएको छ । उत्तर कोरियाली नेता उनसँगको भेटपछि ओसान एअर बेसमा अमेरिकी सैनिकसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘मैले उत्तर कोरियाली भूमिमा पाइला टेकेँ, उनीहरु यसलाई ऐतिहासिक क्षण मान्दछन् । थुप्रै कोरियाली नागरिकको आँखा आँसुले भरिएको मैले देखेँ ।’

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेता किमलाई ह्वाइट हाउसमा आउन निमन्त्रणा गर्ने योजनामा रहेको विदेशी सञ्चार माध्यमले जनाएका छन् । उत्तर कोरिया र दक्षिण कोरियाको गैरसैन्य क्षेत्र (डीएमजेड) मा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले संक्षिप्त भेट गर्नुभएको हो । ट्रम्प किमसँग भेटेसँगै आइतबार अमेरिका फर्किनु भएको छ । जी–२० शिखर सम्मेलनका लागि जापानको ओसाका आएका ट्रम्पले अचानक उत्तर कोरियाली नेता किमलाई भेटेपछि विश्वका सञ्चार माध्यमले प्राथमिकताका साथ छापेका छन् । धेरैले यो ट्रम्पको कुटनीतिक सफलता भएको बताएका छन् । यो भन्दा पहिले चिनियाँ राष्ट्रपति सी जीन पीङ पनि उत्तर कोरिया पुग्नु भएको थियो ।

 

https://twitter.com/realDonaldTrump/status/1145494128190480384

सम्बन्धित खबरहरु