विराटनगर । छिमेकीको गोरु कु*टेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । व्यक्तिगत रिसिइबीका कारण छिमेकीको गोरु कु*टेर अंगभंग बनाउने उर्लाबारी–१ का ३० वर्षे प्रेम लिम्बू पक्राउ परेका हुन् ।

मावा खोला किनारमा चर्न गएको गोरु कु*टेको अभियोगमा उर्लाबारी नगरपालिका–१ रमेश कार्की ढोलीले गत शुक्रबार खोलाको डिलमा बाँधिराखेको गोरुलाई फरुवाको पछाडी पट्टीको भागले प्र*हार गरेर अंगभंग बनाएको आरोप लगाएर लिम्बूमाथि उजुरी दिएका हुन् ।

उजुरीका आधारमा लिम्बूलाई पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानबाट उनी घटनामा संलग्न पाइएको प्रहरीले जनाएको छ । कोदालो प्रहा*रबाट गोरुको दायाँ खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न लिम्बूलाई पक्राउ गरेर आइतबार मुलुकी अ पराध संहिता २०७४ को परिच्छेद २७ को दफा २८९ को उपदफा (१) बमोजिम कसुरमा मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ । पशु चौपायलाई कु*टपि*ट गरेर अंग*भं*ग बनाएको ठहर भएमा ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

सम्बन्धित खबरहरु