काठमाडौं । नेपालमा कम्तीमा पनि ४० लाख बाथका विरामी भएको खुल्न आएको छ ।

नेपालमा वाथ रोग सम्बन्धि सर्वेक्षण नभएपनि बाथरोग चिकित्सकका अनुसार ४० लाख वाथको समस्या भएका विरामी नेपालमा छन् । ढाडको बाथ प्राय ४५ वर्ष मुनिका पुरुषमा पाइएको छ ।

वाथ रोगमा मेरुदण्ड विहानी पख दुख्ने, अरठ्ठा हुने र विस्तारै मेरुदण्ड बाङ्गिदै जाने समस्या हुन्छ ।

यसका साथै हात तथा खुट्टाका जोर्नीहरू दुख्ने, सुन्निने, विहान अरठ्ठो हुने, आखा बारम्बार रातो भएर दुख्ने, कुकुच्चाको मुनि वा पछाडी दुख्ने लक्षणहरू देखा पर्न सक्छन् ।

समयमा उपचार नगर्दा मेरुदण्ड र जोर्नीहरू बाङ्गीने, जोडिने हुन सक्छ, साथै मुटुको भल्बको समस्या, फोक्सोमा जालि पर्ने र किड्नीमा पनि जटिलता देखा पर्ने जस्ता लक्षण देखा पर्ने चिकित्सक बताउँछन् ।

समयमै उपचार सुरु गर्न सकेमा यो रोग नियन्त्रणमा ल्याउन सकिन्छ । तर, नेपालमा समयमै उपचार गराउने बानि निकै नै कम रहेका कारण यो रोग न्युनिकरणमा केही समस्या भएको हो ।

वाथ रोगको पहीचान तथा रोकथाम समयमै नहुँदा मानिसको मृगौला, मुटु, तथा कलेजो जस्ता महत्वपुर्ण अंगहरूमा असर पुर्याई ज्यानसमेत लिने गरेको पाइएको छ । युरिकएसिड ठीक पार्दा बाथ निको हुन्छ भन्ने गलत भ्रम रहेको भन्दै युरिकएसिडले केवल ०.१ प्रतिशत विरामीलाई ठीक हुने गरेको चिकित्सकहरू बताउँछन् ।

 

सम्बन्धित खबरहरु