मुम्बई । बलिउड असिस्टेन्ट डाइरेक्टर चरित देसाईसँग बलिउड एक्ट्रेस परिणीति चोपडाको नाम जोडिएको धेरै भयो । तर प्रायः उनी मौन बस्दै आइन् । यो साता भने उनी चुप बस्न सकिनन् र पहिलो पटक चरितबारे चलिरहेको अफवाहबारे मुख खोलिन् । उनलाई मुख खोल्न बाध्य पार्ने गसिप बन्यो चरितसँगको लिपलक ।

एक इभेन्टको क्रममा परिणीति र चरित लिपलक गरिरहेको अवस्थामा देखिएको गसिप बाहिरिएपछि उनले ‘यस्ता विषयले आफू र आफ्नो परिवारका सदस्यलाई प्रभाव पार्ने’ बताउँदै भनिन्, ‘यो मेरो निजी जिन्दगी हो । मिडिया चाहन्छ कि हाम्रो रिलेसनबारे म बोलूँ तर म बोल्दिनँ ।’ एजेन्सी

सम्बन्धित खबरहरु