काठमाडौं । अमेरिका भ्रमणमा भएको बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मीर मुद्धा उठाएपछि भारतमा चर्को विरोध भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुसँग भारीतय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहयोग मागेको बयान दिएपछि भारतमा ट्रम्पको आलोचना भइरहेको छ । अब काश्मीर विवादमा चीनले भारत र पाकिस्तानलाई विवाद वार्ताबाट सुल्झ्याउन आग्रह गरेको छ ।

चीनले भारत र पाकिस्तानबिचको सम्बन्ध सुधार हुनु पर्ने र त्यसका लागि अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले भूमिका निर्वाह गर्नु पर्ने बताएको छ । दुई छिमेकी भारत र पाकिस्तानबिच शान्ति पूर्ण सम्बन्ध होस् भन्ने आफ्नो चाहना रहेको चीनको विदेश मन्त्रालयका अधिकारीले उल्लेख गरेका छन् । चीनको भनाईमा भारतको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ ।

कश्मीरसहितका सबै विषय भारत र पाकिस्तानबिचको द्विपक्षीय विषय रहेको विदेश मन्त्रालयले उल्लेख गरेको छ । भारत लामो समय देखि काश्मीर आफ्नो भएको बताउँदै आएको छ । पाकिस्तानले काश्मीरलाई काश्मीरका जनताको आधारमा स्वतन्त्र बनाउँने वा के गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने भन्दै आइरहेको छ ।

भारत यसलाई पाकिस्तान र भारतको आन्तिरक मामला भन्दै आइरहेको छ तर खान सरकारले वार्ताको लागि पटकपटक अनुरोध गर्दा पनि सफल नभएपछि यो मुद्धा झण्डै अन्तराष्ट्रियकरण भएको छ ।  नयाँ–नयाँ तथा रोचक भिडियो हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । 

सम्बन्धित खबरहरु