काठमाडौं । अहिले नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गइरहेको छ । यसको बढ्दो प्रयोग अहिले विस्तारैं व्यवसायिक पनि हुँदै गइरहेको छ । अहिले विश्वमा युट्यवले धेरैलाई रोजगारी दिएको छ । नेपालमा पनि युट्यव भिडियोहरु राखेर आफुलाई पत्रकार भन्दै हिड्नेहरुको ठुलो भिड छ । विशेष गरेर मनोरञ्जनका क्षेत्रमा काम गर्दै आएका युट्यवहरुबारे समयसमयमा विभिन्न कुराहरु बाहिर आउँछन् ।

चलचित्र रिलिज गर्दा पनि धेरैको रोजाईमा युट्यवबरहरु पर्ने गरेका छन् । यस्तो लामो समय देखि सामाजिक विषयमा बोल्दै आएकी अभिनेत्री स्वस्तीमा खड्काले आफुलाई युट्यवबर पत्रकार नलाग्ने बताएकी छिन् । एक साक्षात्कारमा उनले आफुले पत्रकारलाई विश्वास गर्ने तर युट्युबरलाई नगर्ने बताएकी हुन् । आफुले दुई वर्षदेखि उनीहरूप्रति विश्वासगर्न छाडेको उनले बताइन् ।

उनले भनिन्, ‘युट्युबरहरू पत्रकार होइनन्  । उनीहरूले पत्रकारिताको संस्कृति बिगारिरहेका छन्  ।’ न्युजपेपर र युट्युबरमा न्युजपेपरप्रति आफ्नो विश्वास भएको बताइन् । उनलाई विशेष गरेर एउटा क्यामेरा र माइक बोकेर कसले के भन्छ र कन्ट्रोभर्सियल कुरा गर्छ भनेर पर्खेर बसेकाहरु एकदमै मनपर्दैन । उनी त्यस्ता व्यक्तिहरुलाई पत्रकार भन्न मान्दिनन् ।

सम्बन्धित खबरहरु