भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिस्कभरी च्यानलको एडभेन्चर शो म्यान भर्सेस वाइल्डको सुटिङमा व्यस्त भएको खुल्न आएको छ । यो शो अगस्ट महिनाको राति सबा ९ बजे डिस्कभरी च्यानलबाट प्रसारण गरिने जानकारी दिइएको छ ।

https://twitter.com/BearGrylls/status/1155714307872579585

शोको टीजरमा मोदीले शोको होस्ट बेयर ग्रिल्ससँग एड्भेन्चर गरेको देखाइएको छ । ग्रिल्सले ट्वीट गरेर शोका बारेमा जानकारी दिएका छन् । शोलाई १८० देशका मानिसले हेर्ने उनले बताए ।

मोदीले अहिलेसम्म नदेखाएको रूप यसमा देखिने उनको भनाइ छ । वन्यजन्तुको संरक्षण र वातावरणमा आइरहेको परिवर्तनका विषयमा मानिसहरूलाई जागरुक बनाउने उद्देश्यले मोदी भारतकै जंगल पुगेका हुन् ।

यो शो पहिलोपटक १३ वर्षअघि प्रसारण गरिएको थियो । यी व्यक्तिले यो भन्दा पहिले पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामासँग पनि शो गरेका थिए । एजेन्सी

सम्बन्धित खबरहरु