काठमाडौं । माया र युद्धमा सब कुरा जायज (सही) हुन्छ भन्ने एउटा पुरानो भनाई छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । एक महिला प्रहरीले एक गम्भीर अ'पराधमा जेल परेका एक व्यक्तिसँग विवाह गर्न पुगिन् ।

चर्चित गु'ण्डा राहुलमाथि दर्जन भन्दा धेरै आ'पराधिक घटना घटाएको भन्दै मुद्धा दायर गरिएको छ । सन २०१४ को बहुचर्चित मनमोहन गोयल ह'त्याकान्डमा संलग्न भएको भन्दै उनलाई जेल पठाइएको थियो । दनकौर कोतवाली क्षेत्रको ठसराना गाउँमा बस्दै आएका राहुलले एक महिला प्रहरीसँग चलचित्रको शैलीमा विवाह गर्न सफल भएका छन् ।

राहुल जब जेलमा थिए तब ती महिला प्रहरीको ड्यूटी जेलमा नै थियो । यो बीचमा दुई जना बीचको हिमचिम बढ्न थाल्यो अनी उनीहरु एक अर्काको प्रेममा पागल भए । राहुल जेलबाट बाहिर आउँने वित्तिकै दुई जनाले धुमधामसँग विवाह गरेपछि घटना बाहिर आएको हो ।

विवाहपछि राहुलकी पत्नीलाई ठसराना गाउँमा देख्न सकिन्छ तर राहुललाई भने गाउँलेहरुले देख्न पाएका छैनन् । सन २०१४ दनकौरमा भएको व्यापारी मनमोहन गोयल ह'त्याकान्डपछि प्रहरीले अनिल दुजाना समुहका गु'न्डाहरुलाई पक्राउ गरेको थियो ।

राहुल अनिल दुजाना गिरोहमा शार्प शू'टर भएर काम गर्ने गरेको खुल्न आएको छ । तपाईलाई जानकारी गराउँ यो घटना भारत उत्तर प्रदेशको हो । महिला प्रहरीको नाम विशेष कारणवश खुलाइएको छैन ।

सम्बन्धित खबरहरु