काठमाडौ । अन्दाजी ९ बर्षका एक बालक भक्तपुरको खरिपाटीमा फेला परेका छन् । नेपाल विद्युत प्राधिकरणको खरिपाटी स्थित कार्यालय नजिकै उनी फेला परेका हुन् ।

उनी आफ्नो घर, ठेगाना, आफन्त कोहीपनि बताउँन सक्दैनन् । उनलाई हामी र प्रहरीले सोधेका कुनैपनि प्रश्नको जवाफ दिन सक्दैनन् । नबुझेर बोल्न नसकेको हो भन्ने देखिन्छ । केही शब्द सुन्दा उनी पश्चिम नेपाल तिरका बाबु हुन् भन्ने आँकलन गर्न सकिन्छ ।

उनी कहाँ जाने, कसलाई भेट्ने केही ठेगान नभएर अलपत्र रहेका बेला स्थानीय र विद्युत प्राधिकरणका कर्मचारीले प्रहरीलाई बोलाएर जिम्मा लगाएको छ । अहिले बालक भक्तपुर प्रहरीको संरक्षणमा छन् ।

अब उनका आफन्तलाई जिम्मा लगाउँनका लागि मात्र यो फोटो र छोटो भिडियो सर्वत्र फैलाउँनुपर्ने भएको छ । उहाँका आफन्तले फोटोमा आफ्ना छोरा, भाई, दाई वा जे जो अभिभावक भएपनि उहाँले देखेर मात्र जिम्मा लगाउँने विकल्प छ ।

https://www.youtube.com/watch?v=-5e53qk5Nvg&feature=youtu.be

यो विकल्पलाई सार्थक बनाउँन बाबुलाई आफन्तसम्म मिलन गराउन र यी कलिला बाबु र उहाँको घर परिवार साथीभाईमा खुशी ल्याउँन अब तपाई जो कोही सामाजिक सञ्जाल प्रयोग कर्ताको भूमिका जरुरी छ । यसैले यो भिडियो सक्दो सेयर गरिदिनुहोला । तपाईहरु कोही कसैले यदि यी बालकलाई चिन्नुहुन्छ भने प्रहरीको निशुल्क टेलिफोन नम्बर १०० वा भक्तपुर प्रहरीको फोन नम्बरमा फोन गरेर जानकारी दिनुहोला ।

सम्बन्धित खबरहरु