काठमाडौ । कहिलेकाँही हामीले सोचेका भन्दा धेरै फरक प्रकृतिका घटनाहरु बाहिर आउँछन् । नेपालगन्ज कोहलपुर सडकखण्ड अन्तर्गत हवल्दारपुरमा मिनिट्रकले किच्दा आधा दर्जन बढि भेडा मोरिएका छन ।

आज मध्यान्ह १२ बजे नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ ख २१६६ नम्बरको मिनि ट्रकले बाटो काट्दै गरेका भेडाको हुललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट छियाछिया भएका भेडाहरु बाटोभरी छरिएका थिए ।

जानकी गाउँपालिका वडा नं. ६ निवासी दसंराम गडरियाले गोठबाट चरनकालागि लैजाँदै गरेका भेडालाई हवल्दारपुरस्थित शिखर प्लाई उद्योग नजिकै ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बताएको छ । फरार चालकको खोजि गरेर आवश्यक अनुसन्धान अगाडी बढाउने प्रहरीले जानकारी दिएको छ ।

यस्तै दर्दनाक घटना सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका–१३ महादेबथान छेउको खेतमापनि भएको थियो । त्यहाँ रहेको पोखरीमा अघिल्लो बुधबार बिहान १५–१६ वटा बाँदर एकै पटक मृत फेला परेका थिए । त्यो पानीको धरापमा परेको खुल्न आएको छ । अहिलेसम्म पत्ता लागेका अनुसन्धान निष्कर्षहरुले जनवार मनोविज्ञानमा आत्मह'त्याको विषय नहुने देखाएका छन्।

संसारमा मानिस सबैभन्दा बुद्धिमान प्राणी हो। मानिसपछि बाँदरै प्रजातिका चार जनावरहरुको नाम बुद्धिमानमा आउँछ। चिम्पाञ्जी, गोरिल्ला, ओराङओटाङ र गिब्बनको नाम आउँछ। संसार पुुच्छर भएका बाँदर प्रजातिका २ सय २९ प्रजाति छन्। बाँदरका प्रजातिका कुल २ सय ३४ वटा छन्। त्यसपछि हात्ति घोडा, गैँडा र कीरा फट्याङ्ग्रा अरु आउने हुन्। अरु प्राणीले नगर्ने कामहरु मानिसले गर्छ। सबैभन्दा राम्रो वा सबैभन्दा खराब व्यवहार प्रदर्शन गर्ने पनि मानिसले नै हो।

मानिसले आत्मह'त्या गर्छ, मानिसले ब'लात्कार गर्छ, लूट गर्छ। मान्छे धूर्त छ। एउटा ठाउँको सम्पत्ति देखाएर अर्कै ठाउँ बेच्छ। खोलाभित्रको जग्गा नदेखाइ बेच्छ। भ्रष्टाचार गर्छ। तर जनावरबाट त्यो हुँदैन। उनीहरु शोकमा पर्न सक्छन्, खुशी मनाउन सक्छन् तर मानिसले जस्तो नराम्रो अथावा राम्रो काम गर्न सक्दैनन्।

करिब एक दशकअघि पशुपतिमा करिब दुई दर्जनभन्दा बढी बाँदर करेन्ट लागेर म'रे। भएको के थियो भने खुला तारमा परेर एउटालाई करेन्ट लाग्यो। अरु बचाउन र समाउन जाँदा करेन्ट लागेर मर्दै गए। एक वर्षअघि थापाथलीमा एउटा बाँदर करेन्ट लागेर सडकमा पछारियो। मर्यो। त्यस क्षेत्रका सबै बाँदरहरु म'रेका बाँदरलाई उठाउन गए। वरिपरि बसेर शोक मनाए। त्यसदिन बाँदरको शोकका कारण थापाथली क्षेत्रमा ट्राफिक जाम नै भयो।

हो जनवारले शोक भने मनाउँछ। कहिले कहीँ घरमुली वा माया गर्ने मानिसको मृत्यु भए वा छुट्टिए कुकुरले पनि खाना खाँदैन। कुकुरले आत्मह'त्या गर्नका लागि खाना छाडेको होइन। शोकमा छाडेको हो।

बाँदरहरु राम्रोसँग पौडी खेल्न सक्छन्। त्यसैले पानीमा डुबेर मर्ने भन्ने हुँदैन। नजिकै कुनै विष खाएर आएका बाँदरहरु पानी खान पोखरीमा हाम्फालेको र कडा विष परेको कारण म'रेको हुनसक्छ। पौडी खेलेर माथि नआएको हुनसक्छ। हामी पनि घरमा मुसा मार्न विष हाल्दा विष खाएको मुसा पानीमा नपरोस् भनेर छोपेर राख्छौं। किराफट्यांग्राको विषयमा पनि त्यही हो।

अर्को सम्भावित कारण भनेको पोखरी नजिकै रहेको बेलामा चट्याङ परेर पनि बाँदर म'रेको हुनसक्छ। वा पोखरीका छेउछाउ करेन्ट चुहिएको कारणले पनि त्यसरी सामुहिक रुपमा बाँदर म'रेको हुनसक्छ। विगतमा पनि पोल लडेर वा अन्य कारणले चुहिएको कारणले सामुहिक रुपमा बाँदर मा'रेका घटनाहरु भएका छन्। त्यस विषयमा पनि विचार गर्नुपर्छ।

जनवारहरुमा मानिसमाजस्तो आफैँलाई उत्सर्ग गर्ने सोच हुँदैन। त्यसले सिन्धुपाल्चोकमा बाँदरले सामूहिक आत्मह'त्या गरेका हुन् भन्ने लाग्दैन। यद्यपि यो घटनाको वैज्ञानिक अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु