काठमाडौ । सरकारले कार्यसम्पादन सम्झौताको मसी सुक्न नपाउँदै १६ जना सचिवहरूको एकैपटक सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवासँगै ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयका मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ। उनको सरूवा भएपछि केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ मन्त्रिपरिषद स्रोतले बताएको छ। अधिकारी यसअघि वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए।

सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको। सार्वजनिक खरिद पुनरावलोकन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेलको वित्त आयोगमा सरुवा भएको छ। त्यसैगरि सचिवमा बढुवा भएका सहसचिवहरु स् तोयम राय, तोयानारायण ज्ञवाली, शिवहरि शर्मा र रवीन्द्र श्रेष्ठ रहेका छन्। कुन सचिव कुन मन्त्रालयमा ?

सम्बन्धित खबरहरु