काठमाडौ । पत्रकार शालिकराम पुडासैनी आत्मह'त्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीसहित तीनै जनालाई बयानको लागि चितवन जिल्ला अदालत लगिएको छ । उनीहरुको अहिले बयान चलिरहेको छ । अहिले रवि लामिछानेले बयान दिइरहेको जनाइएको छ ।

आईतबार कार्कीको मात्र बयान सकिएको थियो । लामिछाने र युवराज कँडेलको बयान भने आजमात्रै लिईरहेको बुझिएको छ । उनीहरुको बयान जारी छ । आज दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । बहसका क्रममा सरकारवादी मुद्धा भएकाले शालिकराम पुडासैनीका पक्षमा सरकारी वकिलले बहस गर्नेछन् । उनलाई स्वागत नेपाल लगायतका स्वतन्त्र कानून व्यवसायी अधिवक्ताहरुले साथ दिने बुझिएको छ ।

यसैगरी रवि, युवराज र अस्मितका छुट्टा छुट्टै अधिवक्ताले बहस पैरवी गर्नेछन् । प्राप्त जानकारी अनुसार यदि वादीले आफ्नो बयान लम्ब्याएर उनीहरुले लम्ब्याएसम्मका दिनसम्म यो प्रक्रिया जारी रहन्छ । बयान सकिएपनि बहस गर्ने कानून ब्यवसायीको संख्या धेरै भएकाले आज नै रवि लगायतकालाई पूर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख वा धरौटीमा थुना मुक्त गर्ने भन्ने न्यायाधीशको फैसला आउनेछ । यसैले आजपनि रवि लगायत ३ जनाका लाथि थुनामुक्त गर्ने वा पूर्पक्षका लागि कारागार पठाउने भन्ने निर्णय हुनसक्दैन । यसैले आजपनि रवि लगायत थुनाकै लागि फर्किनेछन् ।

यता, जिल्ला प्रशासन कार्यालय चितवनले प्रदर्शन गर्न रोक लगाएको छ । पत्रकार शलिकराम पुडासैनीको मृत्यु भएको घटनामा अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका लामिछानकोे रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ । आत्मह'त्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्मह'त्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान शुरु भएको हो । प्रहरीले मुद्दाको मिसिल बुझाएपछि आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । यो मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ ।

सम्बन्धित खबरहरु