काठमाडौं । विश्वका धेरै देशहरुमा अहिले पनि अन्धविश्वास कायमै छ । यस्ता देशहरुको सुचीमा नेपाल, भारत लगायतका धेरै देशहरु पर्ने गर्छन ।

यो बीचमा अहिले भारतीय लोक सभा देखि राज्य सभासम्म यस्ता साधु सन्तहरु सांसद पनि भएका छन् । यसरी सांसद बन्नेहरु धेरै अहिले सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा)का सांसद रहेका छन् ।

यो भिडमा एक चर्चित नाम भोपालकी विवादास्पद सांसद प्रज्ञा ठाकुर पनि रहेको छ । उनले पटकपटक विवादमा पर्ने खालमा बयान दिदैं आएकी छिन् ।

उनको यस्तो बानीका कारण अब उप्रान्त सार्वजनिक रुपमा नबोल्न निर्देशन दिएको पार्टीले जानकारी दिएको छ । उनलाई पार्टीका नेताहरुले एक्ल्याएको पनि बताइएको छ ।

उनले विगत केही महिनादेखि आफ्नो बयानका कारण पार्टीलाई लज्जित बनाएका कारण यस्तो निर्णय लिइएको भनिएको छ । भाजपा मध्य प्रदेशका अध्यक्ष राकेश सिंहले ४९ वर्षे ठाकुरलाई यदि अर्को विवादास्पद बयान सार्वजनिक भएको खण्डमा उनीविरुद्ध गम्भीर कारवाही हुने चेतावनी दिए ।

उनको पछिल्लो बयानमा ठाकुरले सोमबार भोपालमा आयोजित शोकसभामा विपक्षीले ‘काला जादु’ अर्थात टुनामुना गरेका कारण भाजपाका शीर्ष नेता अरुण जेट्ली, सुष्मा स्वराज र बाबुलाल गौरको मृत्यु भएको बयान दिएकी थिइन् ।

सम्बन्धित खबरहरु