काठमाडौं । अहिले चर्चामा रहेको सामुहिक गौह'त्या प्रकरण नयाँ मोडमा पुगेको छ । सुर्खेतमा भीरबाट ख'सालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुल्न आएको छ । नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नि'यन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो ।

आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतमा भी'रबाट ख'सालिएको थियो भने केही बे'वारिसे छाडिएका थिए । नेपालगन्ज उपमहानगरपालिकाले ती गाईगोरु दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिर क्षेत्रमा लैजान बाँके प्रशासनसँग अनुमति लिएको थियो ।

प्रशासनको त्यही अनुमतिपत्रका आधारमा गाईगोरु वीरेन्द्रनगरसम्म ल्याइएको थियो । ती गाई आफूहरूले नमगाएको दैलेखका जनप्रतिनिधि र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जनाएका छन् ।

नेपालगन्जबाट पठाइएका गाईगोरु जिल्लामा कसैले पनि किनेको वा मगाएको नपाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पुष्टि गर्नुभयो । मन्दिरका महन्तले पनि नेपालगन्जबाट गाईगोरु नमगाएको जनाएका छन् । दैलेखमा कसैले पनि गाईगोरु नमगाएको भनेपछि घटना थप रह'स्यमय बनेको छ ।

सम्बन्धित खबरहरु