काठमाडौं । परीक्षा रोक्नको लागि सर्वोच्च अदालतले आदेश दिएको छ । भोलि शनिबार हुन लागेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चिकित्सा शिक्षण संस्थानको ‘एमबिबिएस’ तहको प्रवेश परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्व अदालतका न्यायाधीश तेज बहादुर केसीको एकल इजलाशले आज यस्तो आदेश दिएको हो । आयुष ओझासमेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध दिएको उत्प्रेषणको रिटमा सुनवाई गर्दै शुक्रबार सर्वोच्वले यस्तो अन्तरिम आदेश दिएको हो । अब भोलिका लागि भनिएको परीक्षा रोकिने देखिएको छ ।

सम्बन्धित खबरहरु