काठमाडौ । शारदीय नवरात्री आइतबार २९ सेप्टेम्बर देखि शुरू हुदैछ । सोमवार, ७ अक्टूबरमा महानवमी र मंगलवार, ८ अक्टूबरमा बिजया दशमी रहेको छ । यो बर्ष नवरात्रिमा ६ दिन विशेष रहेमा छन । २ दिन अमृतसिद्धि, २ दिन सर्वार्थ सिद्धि र २ दिन रवि याहरु रहकाले नवरात्रिमा गरिएको पूजाले छिट्टै फल पाइने बिश्वास गरिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एक बर्षमा चार पटक नवरात्री आउँछ जसमा दुइ गुप्त र दुइ प्रकट नवरात्री हुन्छन् । माघ महिनामा र अषाढ़ महिनामा गुप्त नवरात्रि आउँछन् भने चैत्र महिना र असोज महिनामा प्रकट नवरात्रि आउँछ । शारदीय नवरात्रि वा असोज महिनामा आउँने नवरात्रिको महत्व गृहस्थ साधक हुनका लागि हुन्छ ।

यसमा देवीको प्रतिमा घरका ल्याएर नवरात्रिमा सधै बिहान,साँझ विशेष पूजा गरिन्छ । ज्योतिषविद्का अनुसार ३० सेप्टेम्बरमा अमृत सिद्धि योग, १ अक्टूबर रवि योग, २ अक्टूबर अमृत सिद्धि, ३ सर्वार्थ सिद्धि, ४ रवि योग, ५ रवि योग, ६ सर्व्सिद्धि योग रनेछ ।

नवरात्रीमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चंद्रघंटा, चौथो दिन कुष्मांडा, पाचौ दिन स्कंदमाता, छैठौँ दिन कात्यानी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु