काठमाडौं । संविधान दिवसका दिन एक कार्याक्रमम राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरूले बोलेको नबुझेको भन्दै दिएको सार्वजनिक अभिव्यक्तिपछि अहिले सामाजिक सञ्जालमा दुई थरी ब्याख्या सुरु भएको छ ।

 

अहिले जनमत विभाजित भइरहेका बेला सत्तारूढ नेकपाका एकजना सांसदले कडा प्रतिकृया दिनु भएको छ । प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई लक्षित गर्दै कडा प्रतिक्रिया दिएका हुन् ।

पूर्वडिआइजीसमेत रहेका ललितपुर क्षेत्र नम्बर १ का नेकपा सांसद नवराज सिलवालले देउवामाथि सरकारी निकायमाथि तीव्र राजनीतिकरण गरेको भन्दै त्यसका लागि सार्वजनिकरूपमा माफी माग्नुपर्ने बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरूले बोलेको नबुझेको भन्दै शुक्रबार गरेको व्यंग्यप्रति लक्षित गर्दै सांसद सिलवालले सभापति देउवाको तस्बिर राखेर यस्तो कडा जवाफ फर्काएका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुलिसमा राजनीति, अदालतमा राजनीति पूर्वप्रधानमन्त्रीसमेत रहेका माननीय शेरबहादुर देउवाजीले गर्नुभएको हो ।

सम्माननीय राष्ट्रपतिसमक्ष आवेश पोखेर होइन, सुझबुझपूर्ण संस्थाहरू निर्माण र मुलुकको समृद्धि अभियानमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुस् । हिजोका तपाईंका अकर्मण्यताहरूबाट सार्वजनिक (सरकारी) निकायहरूमा भएको राजनीतिकरणले पुगेको क्षतिका लागि सार्वजनिकरूपमा क्षमायाचना गर्नुस् !’

नेपाली कांग्रेस(माओवादी केन्द्र गठबन्धन सरकारमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा देउवाकै कारण सिलवाल नेपाल प्रहरीको महानिरिक्षक हुन नपाएको विश्लेषण गरिएको थियो । यता नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन पढ्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान क्रममा शनिबार इलाम पुगेका प्रवक्ता शर्माले भने, ‘राष्ट्रपति भण्डारीले आफूले के बोल्ने, के नबोल्ने भन्ने बारेमा ज्ञान छैन भने उहाँले पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन लिए हुन्छ ।’

‘कम्युनिस्ट नेताको बोली जनताले बुझे तर कर्म बुझेनन्, कांग्रेस नेताको बोली बुझेनन् तर कर्म बुझे’ नेता शर्माले भने, ‘बोली बुझिने चार जना कम्युनिस्ट नेताको नेतृत्वमा सरकार बन्यो तर देशले संविधान पाएन,तर बोली नबुझिने कांग्रेस नेताको नेतृत्वमा सरकार बन्यो देशले संविधान पायो, अनि शान्तिपूर्ण ढंगबाट देशमा तीनैतहको निर्वाचनसमेत भयो।’

कांग्रेसका सुशील कोइरालाको बोली बुझिँदैन थियो तर उहाँकै नेतृत्वमा देशले संविधान पायो, वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको बोली बुझिँदैन तर उहाँकै नेतृत्वमा देशमा तीनै तहको निर्वाचन सम्पन्न भयो ।

यस विषयमा आफ्नो धारणा राख्दै प्रदेश नम्बर ५ काम मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा लखेका छन, ‘सम्माननीय राष्ट्रपतिज्यूले मंचमा वसेर वक्ताको कुरा वुझिएन भन्दा देउवाजीकै अपमान गरेको अर्थ कसरी लगाएको होला ? कुरा नवुझिएको त अरु वक्ताको पनि होला नि । वरु यस्तो टिप्पणी गर्नु भन्दा पहिले मंचको अवस्था के थियो भनेर अरु अतिथीलाई पनि सोध्ने कि ।’

सम्बन्धित खबरहरु