काठमाडौं । प्रहरीले बालुवाटारस्थ्ति ललिता निवास र त्यसले चर्चेको कारिब ११४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि ठगी कसूरमा कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ६ महिना लामो छानबिनपछि अन्तिम रुप दिन लागेको प्रतिवेदनमा ‘भूमाफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, ललिता निवासका तत्कालीन भोगाधिकारी रक्मशमशेर राणा तथा उनका दुई भतिजा हाटक शमशेर र हेमाद्रीशमशेरसहित ३ दर्जन व्यक्तिलाई कारबाही गरेर जग्गा फिर्ता ल्याउनुपर्ने औंल्याएको हो ।

यो पनि, यहाँ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य संरचना तयार भएका छन् । प्राविधिक उपकरण उडान र टर्मिनल भवनको अन्तिम चरणको काम चलिरहेको छ । ‘भौतिक पूर्वाधार निर्माण (सिभिल) तर्फका मुख्य संरचना तयार भइसकेका छन्,’ विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने,‘मौसमले साथ दिएमा आगामी दिसेम्बरसम्ममा विमानस्थल सञ्चालनका लागि योग्य बनाउनेछौं ।’

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

केही दिनयता भइरहेको वर्षाका कारण आयोजनास्थलको बाहिर क्षेत्रको काम भने रोकिएको छ । वर्षाले दैनिक एक सयभन्दा मजदुर कामविहीन छन् । हिलेसम्म तीन हजार मिटर लामो धावनमार्ग, तीनवटा ट्याक्सी वे, विमान पार्किङ क्षेत्र, टर्मिनल भवन, आठतले कन्ट्रोल रुम र प्रशासनिक भवन तयार भएका छन् । यी संरचनामा रंगरोगनका काम भइसकेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित खबरहरु