काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले लैगिक हिं'सामा सहभागी अप'राधी जस्तोसुकै भएपनि सरकारले नछोडने बताउनुभएको छ । उहाँले सरकारले समाजमा शान्ति,सुरक्षा र अमनचयनको वातावरणमा बस्न पाउँने नागरिकको हक अधिकारको रक्षार्थ अप'राधी ठुलो सानो जस्तो सुकै भएपनि कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

शनिबार लंैगिक हिं'सा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर नगरपालिका काठमाडौले आयोजना गरेको ‘महिला र पुरुषको समान सहभागिता,हिं'सा रहित समाज आजको आवश्यकता’ बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले लैगिक हिं'सामा सहभागी व्यक्ती उम्कन नपाउने बताउनुभएको हो । मन्त्री थापाले सरकारले यसै बर्ष इतिहासमै पहिलो पटक मन्त्रीपरिषद बाट निर्णय गरेर लैगिंक हिं'सा विरुद्धको अभियान बर्ष मनाउने घोषणा गरेको बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उहाँँले त्यसैअनुरुप महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैगिक हिं'सा न्युनीकरणका लागि देशभर नै स्थानिय तह र प्रदेशका जनप्रतिनिधिहरु संग कार्यक्रम संचालन गर्न गइरहेको बताउनुभयो । मन्त्री थापाले महिलाले गरेका राम्रा कामहरुको बारेमा पनि विश्वास गर्न सक्ने वातावरण अझै बन्न नसकेको बताउनुभयो । लैगिक हिं'सा न्यूनीकरणमा सञ्जालले गरेका कामहरुको बिषयमा तयार गरिएको स्मारिकाको बिमोचन गर्दे नेपाली काँग्रेसका सांसद भिमसेनदास प्रधानले पछिल्लो समय सरकारले अप'राधीहरुलाई बचाउ नगरेकोमा धन्यावाद व्यक्त गर्नुभयो ।

उहाँले सरकार संग जुनसुकै व्यक्ती भएपनि निष्पक्ष छानविन गरी कारबाही गर्न माग गनुृृभयो । प्रदेश सांसद योगेन्द्र संग्रौलाले समाजमा विभिन्न खालका अपराध हुने बताउनुभयो । उहाँले समाजमा हुने अपराधका विभिन्न रुपहरु भएपनि महिला र बालबालिकामा भइरहेका अपराध बाहिर आउनु आवश्यक भएको बताउनुभयो । सांसद संग्रौलाले समाजका उच्च वर्गका वलिया मान्छेहरुले गरेको कुनै पनि प्रकारको हिं'सा सहन नहुने बताउनुभयो । उहाँले सबै हिं'साको खुलेर आवाज उठाउन आग्रह गर्नुभयो ।

सम्बन्धित खबरहरु