काठमाडौं । लामो समय देखि विवादमा रहेको एक ऐतिहासिक मुद्धामा भारतले निकास पाएको छ । हिन्दु–मुस्लिमका बीच भइरहेको अयोध्या मामलामा भारतको सर्वोच्च अदालतका ५ जना न्यायधीशहरुले ऐतिहासिक फैसला सुनाएका हुन् । अयोध्याको राम जन्मभुमीबारे ऐतिहासिक फैसला दिदै विवादास्पद भनिएको सोहि स्थानमा राम मन्दिर बनाउन मिल्ने गरि आदेश दिएको छ ।

५ सय साल पुरानो तथा ७० बर्षदेखि अदालतमा चलिरहेको विवादलाई टुंगो लगाएको हो । अदालतले २ दशमलव ७७ एकड जमिनमा राम मन्दिरलाई दिन आदेश दिएको छ । भारतका प्रधानन्याधिश रञ्जन गोगोइ सहितको ५ सदस्यीय वेञ्चले सर्वसम्मत रुपमा आदेश सुनाउँदै मुस्लिम पक्षलाई मस्जिद बनाउन ५ एकड वैकल्पिक जमिन दिन पनि भनेको छ । जानकारी अनुसार अवको ३ महिनाभित्र राम मन्दिर बनाउने प्रक्रिया थाल्न पनि अदालतले आदेश दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस फैसलालाई लिएर हुनसक्ने तनाब कम गर्नको लागि भारतले नेपालका ९ वटा जिल्लासँगको सीमा बन्द गरेको छ । यसअघी हिन्दु पक्षले तोडफोड गरेको बाबरी मस्दिजलाई वैकल्पिक जमिन दिन आदेश दिइएको हो । यसलाई दुवै पक्षको जित भएको ब्याख्या गर्न थालिएको छ ।

सम्बन्धित खबरहरु