काठमाडौं । अहिले केपी शर्मा ओली नेतृत्वको सरकार मन्त्रीमण्डल पुर्नःगठनमा अल्झेको छ । सीमा विवाद, उपनिर्वाचनको पनि चर्चा भइरहेको छ । प्रधानमन्त्री ओलीले नयाँ टिम ल्याएर फरक तरिकाले काम गर्ने विश्वास लिइएको छ । यो बीचमा अब सरकारले अब समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता एवं पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले समयमै आयोजना सम्पन्न नगर्ने ठेकेदारहरु कारिबाहीमा पर्ने बताउनु भएको छ । सरकारले काम नगर्ने र जिम्मेवारी पूरा नगर्ने ठेकेरदारहरुलाई कारबाही गर्ने उहाँको दावा रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै उहाँले यस्तो दावा गर्नुभएको हो । सरकारले पछिल्लो समय काम नगरे विवादमा रहेका सबे ठेकेदारहरुलाई कारबाही गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भक्तपुर–नगरकोट सडक खण्डको काममा ढिलासुस्ती गर्ने नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालकै घरबेटी शारदा अधिकारीलाई पनि कारबाही गरिने बताउनुभयो ।

केही दिन देखि अधिकारीको चर्को विरोध भइरहेको छ । समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । उहाँले भन्नुभयो, ‘काम नगर्ने ठेकेरदारलाई सरकारले छोड्दैन्, शारदा अधिकारीलाई पनि जेल हाल्छौं । सरकारले कसैलाई छोड्दैन् ।’

सम्बन्धित खबरहरु