काठमाडौं । नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला आजदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक सुरु हुँदैछ । उक्त बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र मंगलबार नेपाल आएका छन् । हरेक वर्ष नियमित रुपमा हुँदै आएको उक्त बैठक यसपटक नेपालमा हुन लागेको हो ।

अघिल्लो बैठक भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो । सो बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्नेछन् । बैठक तीन दिनसम्म चल्नेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यो पनि, अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको मामिलामा नेपाल १२ औं स्थानमा रहेको छ । अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक भएको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालयको सहयोगमा इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनले सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा शैक्षिक वर्ष २०१८–२०१९ मा अध्ययनरत नेपाली विद्यार्थीको विवरण समावेश गरिएको छ । अगस्टदेखि मेसम्मको अवधिलाई अमेरिकामा शैक्षिक वर्षका रुपमा चिनिन्छ ।

यसैगरी अमेरिकामा अध्ययन गर्दै आएका भारतीयको संख्यामा पनि वृद्धि भएको छ । २०१८–१९ मा भारतबाट २ लाखभन्दा बढी विद्यार्थी पढ्नका लागि अमेरिका गएका छन् । गत वर्षको तुलनामा यो संख्या २.९ प्रतिशतले बढी हो । अमेरिकामा अध्ययनरतमध्ये विदेशी विद्यार्थी १८ प्रतिशत छन् ।

अमेरिका पढ्ने विदेशी विद्यार्थीको मामिलामा भारत चीनपछि दोस्रो स्थानमा रहेको छ । अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या साढे ३ लाखभन्दा बढी छ । हालै सार्वजनिक गरिएको एक रिपोर्टले यो खुलासा गरेको हो । यो खबर आजको कारोबार दैनिकमा छ ।

सम्बन्धित खबरहरु